शुक्रबार , बैसाख १०, २०७८

बागलुङमा पनि पत्रकार महासङ्घको आगामी नेतृत्व सर्वसम्मत चयन

बागलुङमा पनि पत्रकार महासङ्घको आगामी नेतृत्व सर्वसम्मत चयन

२४ चैत, बलेवा । नेपाल पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशील पाँच पेशागत सङ्गठनका बीचमा सहमतिपश्चात् जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो ।

दुबै समूहका प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रगतिशील पत्रकार सङ्घको संयुक्त वार्ताले चारबुँदे सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको हो । सङ्घ, सङ्गठनको वार्ताले पूर्वसहमतिअनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शाखाको अध्यक्षमा नरेश कँडेल, उपाध्यक्षमा नवीन शिशिर, महिला उपाध्यक्षमा जीवनकला खत्री, सचिवमा विजय राना, सहसचिवमा तारानाथ आचार्य, समावेशी सहसचिवमा सिर्जना पन्त र कोषाध्यक्षमा सुवास गौतम चयन भएका छन् । यस अघि स्याङजामा आगामी कार्याकालका लागि महासंघको सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय