शुक्रबार , बैसाख १०, २०७८

समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने

समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने

२५ चैत, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएको छ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २, सिमरा, बारा जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको समता लघुवित्त र बनेपा नगरपालिका वडा नं. ८ बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत पुस १४ गते सम्पन्न यी दुबै लघुवित्तहरुको साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो। मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नं. ८, काभ्रेपलाञ्चोकमा रहनेछ।

बैशाख २ गतेदेखि दुबै वित्तीय संस्थाको एकीकृत कारोबार शुरु गरिनेहुँदा डाटा माइग्रेशनका लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय