शुक्रबार , बैसाख १०, २०७८

नेपाल लाइफको ‘स्टक स्प्लीट’मा बीमा समितिको रोक

नेपाल लाइफको ‘स्टक स्प्लीट’मा बीमा समितिको रोक

२५ चैत, काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई शेयर खण्डीकरण (स्टक स्प्लीट) गर्न नदिने भएको छ । कम्पनीले शेयर खण्डीकरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । तर, बीमा समितिले भने उक्त कम्पनीलाई शेयर खण्डीकरण गर्न नदिनु भन्दै नेपाल धितोपत्र बोर्डमा पत्राचार गरेको छ ।

नेपाल लाइफको गत माघ २८ गते सम्पन्न साधारणसभाले कम्पनीको १ कित्ता शेयरलाई टुक्र्याएर दुई कित्ता बनाउने निर्णय गरेको थियो । हाल कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रहेको छ । त्यसलाई दुई टुक्रा बनाएर ५०/५० बनाउने कम्पनीको योजना थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोस्रो बजारमा सबै लगानीकर्ताको खरीद पहुँच पुर्याउने उद्देश्यअनुरूप शेयर खण्डीकरण गर्न लागेको कम्पनीको भनाइ छ । तर, बीमा समितिले भने त्यसमा रोक लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय