यी हुन नेपाल-खनाल पक्षका ३० जिल्लाका ३० कमाण्डर
नेपालबहस संवाददाता
चैत २५, २०७७ बुधबार १७:११:१२
२५ चैत, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले ३० जिल्लामा समानान्तर कमिटी बनाएको छ ।
देशभर समानान्तर कमिटी गठन गर्ने क्रममा पहिलो चरणमा गण्डकी प्रदेशका सबै जिल्ला कमिटीहरु बनाएका हो भने दोस्रो चरणमा बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशमा कमिटी बनाइसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका चार नेताहरुलाई पार्टीबाट निष्काषण गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने क्रममा बाग्मती प्रदेशका सबै जिल्लाहरुमा समानान्तर कमिटी बनाएको छ भने सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा पनि समानान्तर कमिटी तयार भैसकेका छन घोषणा हुन बाँकी रहेको छ । देशभर समानान्तर कमिटी बनाउने क्रममा नेपाल तथा झलनाथ खनाल पक्षले मंगलबार बाग्मती प्रदेशका १३ जिल्ला कमिटी बनाएका छन् ।
खनाल नेपाल पक्षले काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकेका छन् । त्यसैगरी काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का बनाइएको छ ।
मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामा रहेका छन् ।
भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ ,रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ, सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् ।
त्यस्तै सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेललाई जिम्मेवारी दिइएको छ । रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने,धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापालाई जिम्मेवारी दिइएको छ ।
सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा सबै कमिटीहरु तयार भैसकेको र घोषणा हुन मात्रै बाँकी रहेको छ । सुदुरपश्चिम प्रदेशमा कमिटी निर्माणको क्रममा इन्चार्ज भीम रावल आफै खटिएका छन् । दुई दिनदेखि उनी कैलालीमा बसेर छलफल गरिरहेका छन् । अन्य पूर्वमा चार जिल्लामा पनि समानान्तर कमिटी बनाइसकेका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत साता पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको कमाण्ड सम्हाल्दै सबै जिल्लामा समानान्तर जिल्ला कमिटी बनाएका छन् । माधव नेपाल समूहले कलंकीको मेघा पार्टी प्यालेसमा दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गण्डकीमा सुरेन्द्र पाण्डे,प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । त्यही अनुसार एमाले अध्यक्ष ओलीले निलम्वन गरेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ ।
कास्कीमा विहिबार माधव नेपालकै उपस्थितिमा भएको भेलाबाट पाण्डेलाई प्रदेश संयोजक तोकेको छ । पाण्डेले २५ सदस्यीय सचिवालय समेत बनाएका छन् । केन्द्रीय सदस्य दिलु पन्तका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा अध्यक्ष र सचिव चयन भईसकेका छन् । उनका अनुसार प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली चयन भएका छन् । ‘देशभर नै समानान्तर कमिटी बनाउने निर्णय भएको छ । त्यही अनुसार गण्डकीका सबै जिल्लामा समानान्तर कमिटी बनेको हो’, केन्द्रीय सदस्य पन्तले भनिन् ।
कास्कीमा अध्यक्ष धनराज आचार्य र सचिवमा होम नेपाली चयन गरिएको छ । स्याङजामा अध्यक्ष रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी चयन गरिएको छ । म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर र सचिवमा पदमपाणी शर्मा चयन भएका छन् । शर्मा भने ओली पक्षका नेता आनन्द पोखरेलका छोरी ज्वाई हुन् ।
त्यस्तै तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् भने गोरखामा यसअघि उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको र कार्यालय समेत सञ्चालनमा आइसकेको छ । नवलपुर र लम्जुङमा पनि अध्यक्ष र सचिव चयन भैसकेका छन् । नेपाल पक्षले यसअघि खोटाङमा बबी चाम्लिङलाई अध्यक्षमा चयन गरिसकेको छ । यसैगरी सर्लाहीमा रेवती पन्त चयन भैसकेका छन् । सर्लाहीमा ओली समूहले पन्तलाई अध्यक्ष अस्वीकार गरिसकेको छ ।
भोजपुरमा शरण राईलाई संयोजक तोकिएको छ । संखुवासभामा हेमराज घिमिरेको नेतृत्वमा जिल्ला कमिटी पुनर्गठन भएको छ । तेह्रथुमको जिल्ला कमिटीमा एक पदाधिकारीबाहेक सबै नेपाल पक्षमै रहेका छन् । त्यस्तै अर्घाखाचीमा रामबहादुर चौहानलाई संयोजक बनाइएको छ । त्यस्तै युवा संघमा नरेश शाही, विद्यार्थीमा सुदेश पराजुलीलाई अध्यक्ष बनाइसकेको छ । युवा संघको भने छुट्टै कार्यालय बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार