शुक्रबार , बैसाख १०, २०७८

गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम

गोसाइँकुण्ड धार्मिकमार्गमा खानाको मूल्यदर कायम

२५ चैत,रसुवा । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ । यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको रु ५०० र सुतेको रु ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको रु ४५० एवं सुतेको रु ८०० दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताईन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो ।

धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ ।

खाने–बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिकमार्गका होटल तथा लज सञ्चालनको स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिकमार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारूकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो । नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ । निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ उत्कृस्ट पाँच मनोनयन सार्वजनिक नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ उत्कृस्ट पाँच मनोनयन सार्वजनिक ४ हप्ता पहिले
नेपाल, प्रचण्ड र खनालबीच गोप्य वार्ता नेपाल, प्रचण्ड र खनालबीच गोप्य वार्ता ४ हप्ता पहिले
बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्न ९ ओटा संस्थागत लगानीकर्ता थपिए बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा मूल्य तोक्न ९ ओटा संस्थागत लगानीकर्ता थपिए ४ दिन पहिले
टी-ट्वान्टी सिरिज खेल्न नेदरल्यान्ड्सको टिम नेपालमा टी-ट्वान्टी सिरिज खेल्न नेदरल्यान्ड्सको टिम नेपालमा १ हप्ता पहिले
नागर्जुनकाे आगलागी निभाउन हेलिकोप्टरबाट पानी खसाल्ने नागर्जुनकाे आगलागी निभाउन हेलिकोप्टरबाट पानी खसाल्ने २ हप्ता पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ३ हप्ता पहिले
मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता ३ हप्ता पहिले
समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने समता र घरेलु लघुवित्तको एकिकृत कारोबार बैशाख २ गतेदेखि सुरू हुने २ हप्ता पहिले