
२५ चैत, काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा परेको मृत्यु हकदावी बीमा बापतको रकम रु. ६,०७,५००।– (रु. छ लाख सातहजार पाँच सय मात्र) हकवालालाई हस्तान्तरण गरिएको छ ।
थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्यु हकदावी बीमाबापतको रकम बराबरको चेक क्रमशः रु.५,२५,०००।( हकवाला कल्पना घर्ती र रु. ८२,५००। हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा शाखाप्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमायोजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेका थिए । त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याएमात्र गाँउको विकास हुने कुरा प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया