शुक्रबार , बैसाख १०, २०७८

ज्योति लाईफको कारोबार सुरु, शेयरमा उच्च माग

ज्योति लाईफको कारोबार सुरु, शेयरमा उच्च माग

२५ चैत, काठमाडौं । नेप्सेमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको कारोबार सुरु भएको छ । कम्पनीले मंगलबार नेप्सेमा २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा आज बुधबारदेखि कारोबारमा सुरु भएको हो । पहिलो कारोबारको लागि नेप्सेले ३६० ओपन रेञ्ज तोकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो समाचार तयार पर्दा १२ बजेको अवधिमा कम्पनीको कम्पनीको शेयरमूल्य ५ दशमलव ८३ प्रतिशतले बढेर २१ रुपैयाँले बढेर ३८१ रुपैयाँ पुगेको छ । यो दिन कम्पनीको शेयरमा उच्च माग देखिएको छ । यस अवधिमा कम्पनीको शेयरमा साढे २१ लाख कित्ता शेयरमा खरिद माग आएको छ ।

jyoti 2

कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

कम्पनीको आईपीअ‍ोमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय