शुक्रबार , बैसाख १०, २०७८

गण्डकीमा माओवादीका दुई मन्त्रीले बुझाए राजीनामा

गण्डकीमा माओवादीका दुई मन्त्रीले बुझाए राजीनामा

२५ चैत,पोखरा । गण्डकी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । बुधबार नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका छन् । हरिबहादुर चुमान आन्तरिक मामिला मन्त्री थिए भने लेखबहादुर थापा कृषिमन्त्री थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राजीनामा पत्र बुझाउन पुगेका मन्त्री चुमानले सरकारलाई फेरि सहकार्यको बाटो खुलोस् भनेका छन् । उनले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताएका छन् ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन्। माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन। प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन्। ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ। अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय