शुक्रबार , बैसाख १०, २०७८

ब्राजिलका कोरोनाबाट एकै दिन चार हजार भन्दा बढीको मृत्यु

ब्राजिलका कोरोनाबाट एकै दिन चार हजार भन्दा बढीको मृत्यु

२५ चैत, ब्रासिलिया । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।

ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताएको छ ।

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथलको भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजिनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको शेयरमा उच्च खरिद माग, कुनको कति ? ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको शेयरमा उच्च खरिद माग, कुनको कति ? २ हप्ता पहिले
दक्षिण अफगानिस्तानकाे बम विस्फोटमा परी चारकाे मृत्यु दक्षिण अफगानिस्तानकाे बम विस्फोटमा परी चारकाे मृत्यु ६ दिन पहिले
काठमाडौं उपत्यकाको आकाशमा बाक्लो तुवाँलो काठमाडौं उपत्यकाको आकाशमा बाक्लो तुवाँलो ४ हप्ता पहिले
भुकम्पपछि खोटाङका १ सय ६ अपाङ्गमैत्री र महिलामैत्री विद्यालयमा भवन निर्माण भुकम्पपछि खोटाङका १ सय ६ अपाङ्गमैत्री र महिलामैत्री विद्यालयमा भवन निर्माण २ हप्ता पहिले
उपेन्द्रलाई देउवाको प्रश्न : तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ, मैले के गर्नु ? उपेन्द्रलाई देउवाको प्रश्न : तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ, मैले के गर्नु ? ३ हप्ता पहिले
आईपीएलः आज पञ्जाब किंग र चेन्नई सुपर किंग्स भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज पञ्जाब किंग र चेन्नई सुपर किंग्स भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ ७ दिन पहिले
म्यानमारमा सैन्य कदमको विरोध : मृतकको संख्या ५५७ पुग्यो म्यानमारमा सैन्य कदमको विरोध : मृतकको संख्या ५५७ पुग्यो ३ हप्ता पहिले
सरकार अब कहिल्यैपनि लकडाउनमा जादैन : स्वास्थ्यमन्त्री सरकार अब कहिल्यैपनि लकडाउनमा जादैन : स्वास्थ्यमन्त्री २ हप्ता पहिले