
२५ चैत, काठमाडौं । आज शेयरबजारमा मेगा बैंकसहित ४ कम्पनीको शेयरमा उच्च माग देखिएको छ । बुधबार मेगा बैंक, ज्योति लाइफ, एनआईसीई एशिया लघुवित्त, निफ्रा, नविल ब्यालेन्स फण्ड टूको शेयरमा उच्च माग देखिएको हो ।
ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा उच्च खरिद माग
आज सबैभन्दा बढि ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा उच्च खरिद चाप रहेको छ । मंगलबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भई आज बुधबारबाट कारोबार सुरु भएको हो ।
नेप्सेले कम्पनीको ओपनिङ रेन्ज ३६० तोकेको हो । कारोबार सुरु भएकै दिन कम्पनीको शेयर ७.७८ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३८८ रुपैयाँ पुगेको छ ।
कम्पनीको शेयरमा आज ३० लाख कित्ता शेयरको खरिद माग रहेको छ । कम्पनीको शेयरमा उच्च खरिद चाप आएपनि बिक्रीकर्ता भने शून्य छन् ।
एनआईसीई एशिया लघुवित्त
एनआईसीई एशिया लघुवित्तको शेयरमा उच्च माग देखिएको छ । लघुवित्तको शेयरमा करिब साढे ११ लाख कित्ताको माग आएको छ । कम्पनीको शेयरमा उच्च खरिद चाप आएपनि बिक्रीकर्ता भने शून्य छन् ।
लघुवित्तको शेयरमूल्य पनि ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । आज १०५ रुपैयाँले बढेर प्रतिकित्ता १२७८ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा पनि उच्च माग देख्न सकिन्छ । आज निफ्राको शेयरमा ६ लाख कित्ताको खरिदमा आउदा विक्रीकर्ता भने २ लाख रहेका छन् ।
मेगा बैंकको शेयरमा ५ लाख ५९ हजार कित्ता शेयरमा माग आउदा विक्रीकर्ता भने साढे १ लाख रहेका छन् । त्यस्तै, नविल ब्यालेन्स फण्ड टूको शेयरमा ४ लाख १२ हजार इकाई माग आउदा १ लाख ७२ हजार कित्ता शेयर माग रहेको छ ।
प्रतिक्रिया