शुक्रबार , बैसाख १०, २०७८

कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ३३९ संक्रमित

कोरोना संक्रमण बढ्दो, एकैदिन थपिए ३३९ संक्रमित

२४ चैत, काठमाडौं । बुधबार नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४,१०० नमुनाको पीसीआर टेष्ट गर्दा ३३९ जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६,काठमाडौंमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै १०४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २,२०१ संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय