शुक्रबार , बैसाख १०, २०७८

चलचित्र ‘घिन्ताङ’ मा केकी अनुवन्धित

चलचित्र ‘घिन्ताङ’ मा केकी अनुवन्धित

काठमाडौं । चलचित्र ‘घिन्ताङ’ मा नायिका केकी अधिकारी अनुवन्धित भएकी छिन् । यसअघि उक्त चलचित्रबाट नायिका एलिजा गौतम र लक्ष्मी वर्देवाले हात झिकेका थिए । ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् ।

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन् । चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुँदै छ । पनौती वरपर चलचित्रको छायांकन गरिने निर्माण पक्षले बताएको छ । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय