बुधबार , बैसाख ८, २०७८

सरसफाई तथा हरियाली संरक्षणका कार्यक्रम गर्दै कुमारी बैंकको २० औं वार्षिकोत्सव सम्पन्न

सरसफाई तथा हरियाली संरक्षणका कार्यक्रम गर्दै कुमारी बैंकको २० औं वार्षिकोत्सव सम्पन्न

२५ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको जानकारी दिएको छ ।

बैंकको प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिइएको छ । यसै सन्दर्भमा मिति २०७७ चैत्र २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ तथा राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेकोे थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– २ मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

त्रिदेशीय टी–२० क्रिकेट खेल हेर्न दर्शकलाई मैदान प्रवेशमा निषेध त्रिदेशीय टी–२० क्रिकेट खेल हेर्न दर्शकलाई मैदान प्रवेशमा निषेध १४ घण्टा पहिले
सुरक्षा मापदण्ड पालना नगरे सिडिओ कार्यालयले कारबाही गर्ने सुरक्षा मापदण्ड पालना नगरे सिडिओ कार्यालयले कारबाही गर्ने ९ घण्टा पहिले
आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाइने आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाइने १९ घण्टा पहिले
चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड चैते दशैंका दिन मन्दिरमा दर्शनार्थीको भीड १५ घण्टा पहिले
पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौ : मन्त्री ढकाल पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौ : मन्त्री ढकाल ८ घण्टा पहिले
लुम्विनी प्रदेशका नवनियुक्त मन्त्रीहरु भन्छन, पार्टी निर्णय अनुसार नै सरकारमा गएका हौं लुम्विनी प्रदेशका नवनियुक्त मन्त्रीहरु भन्छन, पार्टी निर्णय अनुसार नै सरकारमा गएका हौं १७ घण्टा पहिले
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि १२ घण्टा पहिले
 आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश  आज चैते दशैं, शक्तिपीठहरुमा भीडभाड नगर्न सरकारको आदेश १८ घण्टा पहिले