शुक्रबार , बैसाख १०, २०७८

एनसीसी बैंकको कार्डबाहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

एनसीसी बैंकको कार्डबाहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

२५ चैत, काठमाडौं । एनसीसी बैंक लिमिटेड र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न सेवा सुविधामा आकर्षक छुट सुविधा दिने प्याकेजहरुमा सम्झौता भएको छ ।

बैंक र रिसोर्टबिच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो । रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालको वित्तिय क्षेत्रमा २५ वर्षदेखी सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदन गर्दे आएको जानकारी दिएकोछ ।

बैंकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन् । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमागरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय