शुक्रबार , बैसाख १०, २०७८

भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावाद सधैंको लागि अन्त्य गरौं : कमल थापा

भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावाद सधैंको लागि अन्त्य गरौं : कमल थापा

२५ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावादलाई सधैंको लागि अन्त्य गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा भएको समेत दाबी गरे ।

कांग्रेस कम्युनिष्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गरे। मुलुकको स्वाधिनता प्रमुख विषय भएको भन्दै उनले गौरवशाली इतिहासलाई मटियामेट गरेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सत्ता, शक्तिको निमित्त भएको लुछाचुढिले मुलुक अन्यौल अनिश्चितता तर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेश मात्र अबको विकल्प भएको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे । कार्यक्रममा नव निर्वाचित वडा तहदेखी जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागीता रहेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय