शुक्रबार , बैसाख १०, २०७८

भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित

भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित

२५ चैत, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै ९७ हजार संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय