
२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाहेर मात्रै प्रधानमन्त्री नहुने बताएका छन् । बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले प्रधानमन्त्री बन्नका लागि संख्या चाहिने बताएका हुन् ।
नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेको बताउदै सभापति देउवाले संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ ।
तर देउवाले अग्रसरता नलिएको नेताहरुले बताइरहँदा देउवाले भने माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए । प्रधानमन्त्री बन्नु पर्यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उनले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् ।
प्रतिक्रिया