शुक्रबार , बैसाख १०, २०७८

पत्रकार महासंघको चुनावी मतपरिणाम आउन सुरू, बर्दियामा पोखरेलको अग्रता

पत्रकार महासंघको चुनावी मतपरिणाम आउन सुरू, बर्दियामा पोखरेलको अग्रता

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउन थालेको छ । बुधबार भएको चुनाव पाँच बजे सकिएपछि धेरै ठाउँमा मतगणना सुरु भएको थियो । जसमा लोकतान्त्रिक प्यानलबाट एशोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन् ।

उनी ३९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी डीबी खड्काले २७५ मत ल्याए । यस्तै जिल्लामा पनि मतपरिणाम आउन थालेको छ । बिहीबारसम्म देशभरका सबै ठाउँबाट मतपरिणाम आउने सम्भावना छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै, नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना बर्दियामा पनि जारी रहेको छ । पछिल्लो ताजा अवस्था अनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ ।

उता, प्युठानमा जिल्ला शाखाको ९१ मत गन्दा ६३ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ६३ परेको छ । यस्तै गुल्मीमा ५८ मत गन्दा बिपुलको पक्षमा ३९ र निर्मलाको पक्षमा १९ मत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय