एसपी आभूषणको नियति: एक वर्ष कतैपनि नटिक्ने
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:१०:१६
१९ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरोमा एसपी आभूषण तिमल्सिना र अर्का एसपी वेलबहादुर पाण्डेको कोठा एउटै थियो । दुवै एसपी आमुन्ने सामुन्ने बस्थे । सीआईबीमा तिमल्सिना निकै अगाडिदेखि नै थिए । जिल्ला प्रमुखको रुपमा कँही नटिकेपछि उनलाई कि त सीआईबी कि प्रहरी प्रधान कार्यालयमा थन्क्याइन्थो ।
करिब एक वर्ष अघि पाण्डे पनि सीआईबी आइपुगे । दाङको प्रहरी प्रमुख हुँदा आर्थिक रुपमा नराम्ररी मुछिएका पाण्डेलाई सीआईबीमा तिमल्सिनाले गोरु गोठालो भनेर बोलाउँथे । हुनपनि दाङका गोरु बंगलादेश तस्करी गरी पठाउनमा उनको भूमिका ठूलै थियो । ‘आर्थिक रुपमा बद्नाम पाण्डेले गोरु मात्रै तस्करी गरेनन, त्यहाँका क्रसर उद्योगबाट महिनाको लाखौ रुपैयाँ असुली गरे’, दाङका एक रैथाने पूर्व प्रहरीले भने ।
अहिले त्यही काम ५ नं प्रदेशका प्रमुख डीआईजी रविन्द्र धानुकले सम्हालेका छन भने त्यसलाई एसपी गणेश चन्दले सहयोग गरिरहेका छन् । केही प्रहरी अफिसर्सकै अगाडी सीआईबीमा अनुसन्धान गर्न गोरु गोठालो गरेजस्तो सजिलो हुँदैन भन्दै जिस्काउँथे । एसपी तिमल्सिनाले जिस्काउन थालेपछि पाण्डेले आफ्नो कोठा नै परिवर्तन गरेका थिए ।
पाण्डे सीआईबीमा प्रवक्ता भएपछि पर्साको जिम्मेवारी लिएर सरुवा भए । उनको स्थानमा अहिले गंगा पाण्डे आएकी छिन् । तिमल्सिना पनि सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी लिएर सिन्धुली पुगे । पाण्डे पर्सामा राम्रैसँग त्यहाँका व्यापारीलाई मिलाएर बसेका छन् भने तिमल्सिना सिन्धुली पुगेको दुई महिनामै तानिएका छन् ।
प्रहरी प्रधान कार्यालयले गत बिहीबार उनलाई हटाएर मानव बेचविखनमा रहेका एसपी गोविन्द थपलियालाई सिन्धुलीको जिम्मेवारी दियो । एसपी तिमल्सिनाको कार्यशैलीप्रति अत्याधिक गुनासो आएपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोतले बताएको छ । उनको गत २१ पुषमा सिन्धुलीमा सरुवा भएको थियो ।
उग्रस्वभाव भएका एसपी तिमिल्सना यसअघि पनि अवधि नपुगी तानिदै आएका छन् । यसअघि कैलालीबाट पनि उनलाई ६ महिनामै हटाइएको थियो । स्याङजामा पनि उनको कार्यकाल त्यस्तै भयो । इन्सपेक्टरमा दरबारमार्ग हुँदादेखि नै उनी उग्रस्वभावको कार्यशैलीका कारण पटक पटक विवादमा पर्दै आएका छन् ।
गएको दुई महिनामै आभूषणले के के विगारे भन्नेबारे खुलेको छैन । उनले त्यहाँका खोलामा खुलेका क्रसर उद्योगीलाई कार्यालयमै बोलाएर पैसा मागेको जस्तो आरोप लगाइएको छ । यद्यपि उनका समकक्षीहरु तिमल्सिनामा पैसाको भोक छैन तर उनी निकै कडा मिजासको भएका कारण क्रसर व्यवशायीले गृहमन्त्रीका सुपुत्र प्रतिक थापालाई राम्रै बुझाएपनि उनलाई फिर्ता गरेर थपलियालाई पठाएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार