तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार ११:५०:३५
वि.सं. २०७७ साल चैत्र २६ गते । बिहीबार । इ.स.२०२१ अप्रिल ०८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र कृष्णपक्ष । तिथी– द्वादशी,२८ बजेर ३७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– शतभिषा,अहोरात्र । योग–शुभ,१५ बजेर ४२ मिनेट उप्रान्त शुक्ल । करण– कौलव,१६ बजेर ३५ मिनेट उप्रान्त तैतिल,२८ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेटमा,सूर्यास्त १८ बजेर २४ मिनेटमा । दिनमान ३१ घडी २८ पला । वैष्णवहरुको पापमोचनी एकादशीव्रत । पञ्चक देवपतनमा दशोद्वार पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- बिशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धी मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथिको पनि सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाईलेखाईमा उपलब्धी हात पार्नको लागी कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । प्रेममा नचाहादै नचाहादै टाडिनु पर्दा मन खिन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धुबान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम रहेनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- समय राम्रो रहेकोले थोरै समयमा उपलव्धी मुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पती हात लागी हुनेछ । पढाईलेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नती हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- तपाईको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मीहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । बिवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पती संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै कामहरु गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धीत व्यवसायबाट लाभ लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईको लुवाईख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सामान्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार