
२६ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउसो १ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको आजको बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
जसमा सामाजिक संजालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान लगायतका विषय समेटिएका छन् । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्ने कार्यातलिका छ ।
नेपाली कांग्रेस बाहेकका सांसदको समितबाट बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो। विधेयकमा मौलिक हक अन्तरगत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै आलोचना हुँदै आएको छ।
प्रतिक्रिया