शुक्रबार , बैसाख १०, २०७८

प्रधानमन्त्री ओलीको गृह जिल्लामै सत्ता निकट पत्रकार पराजीत

प्रधानमन्त्री ओलीको गृह जिल्लामै सत्ता निकट पत्रकार पराजीत

२६ चैत,काठमाडौं । प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा नेपाल पत्रकार महासंघ झापा शाखाको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनमा उनी निकट पत्रकारहरु नै पराजीत भएका छन् । झापाको जिल्ला शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले विजयी भएको छ । गिरी नेतृत्वको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

अध्यक्षमा प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ मत ल्याएका छन् ।संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् । यस्तै अन्य पदहरुमा पनि गिरी नेतृत्वकै प्यानल विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय