शुक्रबार , बैसाख १०, २०७८

समस्यामा केन्द्रित रहेर गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समस्यामा केन्द्रित रहेर गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२६ चैत, लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ ।

त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र पठाएको एक दिनपछि भूपू गोर्खा सैनिक सङ्गठन तथा एनआरएनए गोरखा विभागले प्रधानमन्त्री ओलीलाई पनि संयुक्त ज्ञापनपत्र पठाएका हुन् । विभिन्न गोर्खा सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार बिहान लन्डनस्थित नेपाली दूतावासमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा भूतपूर्व गोरखा सैनिकहरूको संस्था गेसोका कार्यवाहक सभापति धर्म तामाङले बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको तर भूतपूर्व गोर्खा सैनिकहरुप्रति विभेद कायमै रहेकाले गेसोले तीन दशकभन्दा लामो समयदेखि आन्दोलन चलाइरहेको बताए ।

ज्ञापनपत्र बुझ्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले सेवानिवृत्त गोर्खा सैनिकको विषय नेपाल सरकारको प्राथमिकताको विषय हो भन्दै आफू बेलायतमा राजदूत भएर आउनासाथ यो विषयलाई प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग सङ्कलन शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग सङ्कलन १ हप्ता पहिले
वातावरण संरक्षण अभियान्ताहरुद्धारा काठमाडाैंमा प्रदर्शन, १० जना पक्राउ वातावरण संरक्षण अभियान्ताहरुद्धारा काठमाडाैंमा प्रदर्शन, १० जना पक्राउ ३ हप्ता पहिले
आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने ३ हप्ता पहिले
नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जना पक्राउ नेपालबाट भारततर्फ पेट्रोल र डिजेल तस्करी गर्ने ८४ जना पक्राउ ४ हप्ता पहिले
डोटीमा भारतबाट फर्केका कोरोना संक्रमितको मृत्यु डोटीमा भारतबाट फर्केका कोरोना संक्रमितको मृत्यु २ दिन पहिले
तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउछौं : प्रधानमन्त्री तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउछौं : प्रधानमन्त्री ३ हप्ता पहिले
चलचित्र बनाउदै शम्भुजित, नायकमा पुष्पलाई अफर चलचित्र बनाउदै शम्भुजित, नायकमा पुष्पलाई अफर १ हप्ता पहिले
मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन मेरोमाइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन ३ हप्ता पहिले