शुक्रबार , बैसाख १०, २०७८

६ नम्बर प्रदेशमा लगानी सम्मेलन आयोजना गरिने

६ नम्बर प्रदेशमा लगानी सम्मेलन आयोजना गरिने

२६ चैत, काठमाडौं । कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय तथा सदस्य योगेन्द्र बहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए ।

लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने पनि उनले जानकारी गराए । छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा। खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको अवधारणा अघि बढाइएको बताए । योजना आयोग र महासंघको संयुक्त पहलमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय