बघौराको लाउरेलाई चिठी !!!
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १७:५८:१४
प्रिय मित्र लाहुरे !!
असीमित मायाका कोशेली, अनगिन्ती यादहरुले भरिएको मेरो मुटुबाट तलाई धेरै धेरै सम्झना !! आज त बर्दिया छोडेको तीन दिन भएछ तर पनि ती यादहरु अनगिन्ती गरी मौलाई रहेछन्। लाग्दैछ वर्षौ वर्ष भयो तेरो र मेरो भेट नभएको। तर जीवनले कोल्टे फेरी रहँदा कहिले हाँसो अनि रोदन हुँदोरहेछ।
आज तँलाई यो पत्र लेखिरहँदा मेरा आँखामा आशु बाहेक केही बाँकी छैनन्। मेरा आँशुहरु पुछी रहँदा तेरा आँसुहरु पनि झरिरहेका होलान् । मलाई थाहा छैन जिबन कहाँनेर गएर टुंगिने हो। तर यो जीवनको प्रक्रियामा सधैं त बहादुर होस्, मेरो नजरमा राजा होस्, हो सबैको गल्ती हुन्छ सबैले गल्ती गर्छन् तर तेरा गल्तीहरु ठूला देखिन्छन् । तेरो आवाजमा आवाज भर्ने मान्छेको कमि छ। तेरा नाममा धन्दा गर्ने मान्छेको कमि छैन।
मैले तलाई देख्नेबित्तिकै लाहुरे आयो भन्थे। मैले तेरो नाम लाहुरे किन राखे भने, त कहिले पनि एक ठाउँमा आएर बसेको देखिन् । तलाई मैले कहिले लमकोइलीफाँटमा भेट गर्थे, कहिले खौराहा क्रसको तल भेटेको थिएँ, कहिले गैंडा मचान को माथि माथि भेट्ने, तेरो धेरै घुम्ने बानी भएकोले तेरो नाम लाहुरे राखेको थियो। तर आज संयोग भनौँ या के भनौं, त सधैंभरिको लागि लाहुर पसिस अरे। तलाई नफर्काउने गरी लाहुर लगिएछ।
अब त जीवनको सन्नाटामा आफ्नो आदा जीवन बिताउने छस , तँलाईं भाग्यमानि भनौं या अभागी भनौं, तलाई पक्की घरमा फलामका छडी भित्र marble बिछ्याइएको घरमा तँलाई राखिनेछ। अनि ठूला अक्षरले तेरो परिचय दिनेछ। अनि तलाई हेर्न आउने मान्छेले बर्दियामा मान्छे मारेको बाघ भनेर तेरो परिचय दिनेछन्। तँलाई दिनरात हेर्न आउने मानवता नभएका मानवहरू तेरो आँखाले व्यक्त गरेको पिडालाई रमाइलोको साधन बनाउने छन्। वरीपरी आएर सेल्फी लिने छन्, कराउनेछन् चिच्याउने छन्, तर त शिथिल भएर हेरिरहेछन्। न तेरो आवाज कसैले बुझ्नेछन् न त प्रति साहनुभूति नै दिनेछन्। जतिसक्यो तेरो पीडामा रमाउने छन।
खुल्ला आकाशमा हिडेको तेरो बानी, मानसरोवरबाट आएको कन्चनपानीमा रमाएको त अब एकाएक शहरिया हुनेछस्। म हिजो त बस्ने ठाउँमा पुगेको थिएँ। ठाउँ एका एक सुनसान लाग्यो। एक्लो महसुस गरे। सधै त आउछस् भनेर कुरिरहने त्यो कुशुमको रूख आज एक्लो महसुस गरिरहेको छ । मलाई लाग्यो बाँदर र चितवनले पनि तलाई कुरीरहे जस्तो। अब त्यो ठाउँ छोडेर त धेरै टाढा लाहुर पुगेछस्। लाग्थ्यो अब मेरो लाउरे हामी सबैलाई छोडेर धेरै टाढा पुगेछ, सँधै २/४ घण्टा कुर्न नि म त्यो दिन पाँच मिनेट पनि कुर्न मन लागेन। त बिना त्यो ठाउँ जानुको कुनै मतलब छैन। त सँग रमाएका मेरा हजाराैँ याद आज मेरा कोठाभरि सजाएर राखेको छु ।
त सँग जम्काभेट भएका यादहरु मेरा मानसपटलमा अझै पनि ताजा छन्। मैले आफुलाई समाल्न नसकेर बिहाल भएछु , म छटपटाए कराए तर मेरो आवाज कसैले सुनेनन्। पहिला पनि त्यही ठाउँमा घटना घट्दा मैले बारम्बार भनेको थिएँ त्यो ठाउँलाई केही महिनाको लागि सिल गरियोस् भनेर तर के गर्ने, लाहुरे मेरो कुरा सुनेनन्, मैले बारम्बार भनेको थिएँ त्यो ठाउँमा लाहुरेलाई मनोवैज्ञानिक असर परिरहेको छ भनेर तर मेरो आवाज सुनिएन, तँलाई लाहुर जानबाट रोक्नको लागि धेरै प्रयास गरे तर सकिन मलाई माफ गर्दै लाहुरे।
यहाँ मानिसले oxygen अनि रुखले कार्बनडाइअक्साइड भन्नेका कुरा सुनिन्छन् , राष्ट्रिय निकुञ्जमा फोहोर राख्ने भाँडा राख्नुपर्छ भन्ने आवाज हरु सुनिन्छन्। तर हाम्रो आवाज सुनिदैन लाहुरे। तर म रातदिन बोलिरहेछु चिच्याइ रहनेछु, म तेरो पक्षमा सधै बोलिरहेछु। लाहुरे पक्कैपनि एकदिनका तलाई भेट्न आउने छु, भेट्न आउँदा तैले टेकेको माटो, अनि त बस्ने गरेको खोलाको पानी पनि लिएर आउनेछु। अब के गर्छस् तेरो भाग्य यति नै रहेछ। आफूलाई राम्रोसँग समालेस। कमजोर कहिले नसोचेस्। र तेरो पत्रको प्रतिक्षामा कुरिरहने छु।
उहीँ तलाई सधैं माया गरिरहने।
भवानी प्रसाद कडेल
पाउने
लाहुरे
सदर चिडियाखाना जाउलाखेल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार