पदमुक्त हुँदै चार भाइ
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:१७:४०
२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका चार जना सांसद्को पद खारेज गर्दैछ । नेपालको राजनीतिक इतिहासमा सम्भवतः यो नै पहिलो घटना होला, जो राजनीतिक दलको सिफारिशमा पद रिक्त हुँदैछ ।
२०७४ मा भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । सोही बमोजिम कैलालीबाट निर्वाचित माओवादी केन्द्रका सांसद्द्वय लेखराज भट्ट र गौरीशंकर चौधरीको पद आजैबाट रिक्त हुने छ । यस्तै रौतहटबाट निर्वाचित प्रभु साह र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझीसमेत आजबाट भूतपूर्व हुनेछन् ।
यी चारैजनाले पछिल्लो अवस्थामा नेकपा माओवादी त्यागेर केपी ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरु ओलीको विवादित फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकमार्फत केन्द्रीय सदस्य नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले उनीहरुलाई संकटका बेला साथ दिएको भन्दै आकर्षक मन्त्रालय दिएर पुरस्कृत गरेका छन् ।
आजबाट भने उनीहरुको सांसद् पद गुमेपनि ६ महिना मन्त्री भने रहन सक्ने छन् । संविधानले सांसद् नभएका जो कोहीलाई प्रधानमन्त्रीले उपप्रधानमन्त्री ,मन्त्री , राज्य मन्त्री वा सहायक मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । तर त्यस्ता व्यक्ति ६ महिना भित्र संघीय संसद्को दुुई मध्ये कुनै एकको सदस्य भने भैसक्नुपर्ने व्यवस्था रहेको छ ।
यी चारैजनालाई माओवादी केन्द्रले माउ पार्टीमा फर्कन आह्वान गरेको भएपनि उनीहरुले मानेका थिएनन् । त्यसैले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम सम्बन्धित दलले सभामुख वा अध्यक्षलाई सूचना दिएपछि रिक्त गरी नयाँ निर्वाचनका लागि निर्वाचन आयोगमा लेख्नुपर्ने व्यवस्था रहेको छ । आजको प्रतिनिधिसभाले उक्त काम गर्ने छ । तर राष्ट्रिय सभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई हटाउनका लागि भने माओवादीले पत्राचार गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार