सूचना प्रविधि विधेयक अलपत्र
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:२३:३४
२६ चैत, काठमाडौं । वहुचर्चित एवं विवादित सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गर्ने अन्तिम तयारीबाट अन्ततः सरकार पछाडि हटेको छ । सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट कसैलाई गाली गलौज वा चरित्र हत्या गरेमा पाँच वर्ष कैद वा १५ लाख रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको उक्त विधेयक ल्याउन सरकारी पक्षले धेरै नै ढिपी गरेको थियो ।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि सरकार पछाडि हटेको हो । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक पेश गर्ने कार्यसूचि तयार गरिएको थियो । आजै बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र माओवादीले उक्त विधेयक कुनै हालतमा पेश गर्न नदिने अडान लिएका थिए ।
उक्त विधेयक झण्डै डेढ वर्षअघि विपक्षीको विरोधका बावजुद विकास समितिले पास गरेको थियो । तर त्यसलाई प्रतिनिधिसभामा पेश गर्न भने बाँकी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार