कांग्रेस, माओवादी र जसपाको निर्णायक वार्ता भोलि हुने
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:४३:३७
२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जसरी पनि विस्थापित गर्ने एक सूत्रीय अभियानमा जुटेको नेकपा माओवादी केन्द्रले भोलि नेपाली कांग्रेस र जनता समाजवादी दलसँग निर्णायक वार्ता गर्ने भएको छ । माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, अब भने यसबारे निर्णायक वार्ता हुनेछ ।
आज बिहानै श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी सरकारको नेतृत्व गर्न औपचारिक रुपमै अनुरोध गरेका छन् ।कांग्रेसले गएको साता नै केन्द्रीय कार्यसमितिबाट ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेपनि त्यसले ठोस आकार लिन सकेको छैन । औपचारिक रुपमा तीन दल छलफलमा समेत बसेका छैनन् ।
यस्तै अन्योल र अनिर्णयले गर्दा ओलीको आयू लम्बिएको भन्दै माओवादीले अब भने निर्णायक वार्ता गर्ने वताएको छ । प्रवक्ता श्रेष्ठका अनुसार, भोलि २ बजे तीनै पक्षको सामुहिक वार्ता हुनेछ । वार्ताका लागि कांग्रेस सभापति देउवाले स्वीकृति दिइसकेका छन् । तर सरकारलाई माओवादीले दिइरहेको समर्थन फिर्ता लिनुपर्ने पहिलो सर्त उनले फेरिपनि राखेका छन् । प्रवक्ता श्रेष्ठले भोलिको वार्ता सकिएलगत्तै माओवादीले समर्थन फिर्ता लिने विश्वास दिलाएका थिए ।
यस्तै माओवादीले जनता समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल गरेका छन् । जसपा नेताद्वय राजेन्द्र महतो र महेन्द्र राय यादवसँग प्रवक्ता श्रेष्ठले फोनमार्फत भोलिको बैठकबारे कुरा गरेका छन् । उता, जसपा अध्यक्ष उपेन्द्र यादव अहिले पार्टी कामको सिलसिलामा जनकपुरमा रहेका छन् । यादव आजै साँझ राजधानी फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार