अति भो ओलीको तमासाः गगन
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:१३:१०
२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीले विकास निर्माणको नाममा बेतुकको तमासा देखाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिंदै थापाले भने– प्रधानमन्त्रीलाई शिल्यान्यास र उद्घाटन गर्नैपर्ने विचित्रको रोग लागेको छ, अब बालुवाटारमा बनेको नयाँ घरको कोठाको पनि उद्घाटन गर्नुहोस् ।
साथै पाँच वर्षपछि बन्ने भवनको समेत अहिल्यै शिलान्यास गर्नाेस् भन्दै उनले विकास निर्माणको नाममा तमासा गरेको बताए । आफ्ना हुक्के, बैठके र चम्चेलाई वरिपरी राखेर विकास गरेको गँजेडी गफ गर्ने बानी परेका प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सिन्को नभाँचेको धारणा राखे ।
सञ्चालनमा आएको दुई वर्षपछि ओलीले एउटा पुलको उद्घाटन गरेको प्रसंग झिक्दै प्रश्न गरे–मेलम्चीको उद्घाटन गर्दा ढिला भएकोमा जनतासँग माफी माग्नुको बदला ठूलो काम गरेको फूर्ति लाउनु हुन्छ ? सात आठ वर्षमा सम्पन्न हुनुपर्ने आयोजना पूरा गर्न २३ वर्ष लाग्यो त्यसको लागि माफी माग्नु त कता हो कता उल्टो उद्घाटन गर्न तामझाम गर्ने तमासा गरियो ।
जनतालाई बेवकुफ बनाउने काम नगरौं प्रधानमन्त्री ज्यू, तपाईंसँग तथ्य र तथ्याङ्कमा आधारित भएर वहस गर्न तयार छांै भन्दै नेता थापाले भने –सुरु नै नभएको सडकको समेत उद्घाटन त्यो पनि रिमोटबाट । प्रधानमन्त्रीले झुटको पुलिन्दा बनाएर जनतालाई बेवकुफ बनाउन खोजेकोमा उनले आपत्ति जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
टंक बुढाथोकीले 'मनबिनाको धन ठूलो कि धनबिनाको मन' फिल्म बनाउँदै
बैशाख ६, २०८१ बिहिबार
घुम्ती शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै वृद्धवृद्धा
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार