एक वर्षमा चीनमा सबैभन्दा धेरै अर्बपति थपिए
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:३०:२०
२६ चैत, एजेन्सी । चीनमा पछिल्लो एक वर्षमा सबैभन्दा धेरै अर्बपति थपिएका छन् । विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार पछिल्लो एक वर्षमा चीनमा २१० जना अर्बपति थपिएका हुन् ।
यससँगै चीनमा कुल अर्बपतिको संख्या ६९८ पुगेको छ । फोब्र्सको सूचीअनुसार सबैभन्दा धेरै अमेरिकामा ७२४ जना अर्बपति छन् । भारतमा १४० जना छन् । कोरोना भाइरसको महामारीलाई समयमा नै नियन्त्रण र प्रविधिसम्बन्धी कम्पनीले हासिल गरेको उल्लेख्य वृद्धिको कारण चीनमा धेरै अर्बपति थपिएका बीबीसी जनाएकाे छ ।
त्यस्तै चीनको राजधानी सहर बेइजिङ सबैभन्दा धेरै अर्बपतिको बसोबास भएको सहर बनेको छ । यहाँ पछिल्लो एक वर्षमा ३३ अर्बपति थपिएका छन् । यससँगै बेइजिङमा अर्बपतिको संख्या एक सय पुगेको छ ।
दोस्रो धेरै अर्बपति भएको शहर अमेरिकाको न्युयोर्क हो, जहाँ ९९ जना अर्बपति छन् । न्युयोर्क सहर पछिल्लो सात वर्षयता सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको सहरको रुपमा रहँदै आएको थियो । अर्बपतिहरुको समग्र सम्पत्तिको आधारमा भने न्युयोर्क अझै पनि अगाडि छ । न्युयोर्कका अर्बपतिहरुको समग्र सम्पत्ति बेइजिङका अर्बपतिको भन्दा ८० अर्ब डलरले बढी छ ।
बेइजिङका सबैभन्दा धनी व्यक्ति टिकटकका संस्थापक तथा यसको मातृ कम्पनी बाइटडान्सका सीईओ झाङ यिमिङ हुन् । उनको सम्पत्ति गत वर्षको तुलनामा दोब्बर बढेर ३५ अर्ब ६० करोड डलर पुगेको छ । न्युयोर्कका सबैभन्दा धनी पूर्व मेयर माइकल ब्लूमवर्ग हुन् । उनीसँग ५९ अर्ब डलरको सम्पत्ति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार