कूविरुद्धको प्रदर्शनमा सहभागी चर्चित सेलिब्रिटी पक्राउ
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २२:२२:३७
२६ चैत, एजेन्सी । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् ।
टाखोनलाई आज बिहान पाँच बजे उनकै घरबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । टाखोनका समर्थक म्यानमारका साथै थाइल्याण्डमा पनि छन् । १० लाखभन्दा धेरै फलोअर्स रहेको उनको इन्स्टाग्राम र फेसबुक एकाउन्ट पनि हटाइएको छ ।
टाखोनकी बिहिनीले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्ट अनुसार सेनाको आठ ओटा ट्रकमा करिब ५० सैनिक टाखोनको घरमा आएका थिए । स्थानीयका अनुसार टाखोन पछिल्लो समय ‘गम्भीर डिप्रेसन’को समस्यामा थिए ।
सेनाले फेब्रुअरी १ मा कू गरेसँगै म्यानमारमा आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनको क्रममा अहिलेसम्म ६ सयभन्दा धेरै प्रदर्शनकारी मारिइसकेका छन् । पछिल्लो समय सेनाको कूविरुद्धको प्रदर्शनमा निस्किएका कलाकारहरुलाई निसाना बनाएको छ ।
सेनाले यसअघि करिब एक सय फिल्म निर्माता, कलाकार, सेलिब्रिटी र पत्रकारलाई पक्राउको लागि वारेन्ट जारी गरेको थियो । केही दिनअघि म्यानमारका चर्चित हास्य कलाकार पनि पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार