सडक सञ्जालले छोटिएको बाटो
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १६:२७:१
२७ चैत,म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुगे । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उनले भने, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।”
धवलागिरि–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पुर्याएर बेचे । “जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थे”, उनले भने, “सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।”
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ । यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए ।
फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेँशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । विसं २०७३ मा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत रु तीन करोडभन्दा बढी लगानी भएको छ । “अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ”, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भने, “मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएका छन् ।”
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु एक करोड ५२ लाखको लागतमा मराङको बेँशीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब ५०० घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताईन । “यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ”, उनले भनीन्, “बेँशीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ ।”
सात वटा वडा रहेको धवलागिरिको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ । मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष सङ्घ सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । “गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौँ”, उनले भने, “बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार