गतिहिन संसदः राजनीतिक आरोप प्रत्यारोपमा सीमित
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १६:४६:५०
२७ चैत, काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापनागरेपछि पुनर्स्थापित प्रतिनिधि सभाका पटक- पटक बैठक बस्यो । संसद बैठक सुरु भएको एकमहिना वितिसेको छ तर गएको एक महिना पनि संसदले प्रभावकारी परिणमा दिन सकेको छैन । संसद केवल शोक प्रस्ताव पारित गर्ने र राजनीतिक मामिलामै आरोप प्रत्यारोपको थलोको रुपमा सीमित रहदै आएको छ ।
प्रतिनिधि सभामा ३६ र राष्ट्रिय सभामा १९ वटा विधेयक विचाराधीन छन् । अधिवेशन सुरु भएको एक महिनासम्म संसद र संसदीय समितिमा कुनै पनि विधेयकमाथि छलफल भएको छैन । संसद अधिवेशन नभएको र विघटन गरिएको अवधिमा गरी सरकारले ८ वटा अध्यादेश जारी गरेको थियो । संवैधानिक बाध्यताका बाबजुद ती अध्यादेशसमेत सदनमा पेस गरिएका छैनन् ।
नागरिकता, संघीय निजामती, लोकसेवा आयोगजस्ता महत्त्वपूर्ण विधेयकलार्इ अन्तिम रुप दिनेतर्फ पनि कुनै तत्परता देखाइएन । प्रधानमन्त्री एउटा बैठकमा पनि नजानु र अन्य दलका प्रमुख नेताले समेत सदनमा सम्बोधन नगर्नुले समेत संसद कसैको प्राथमिकतामा नरहेको देखाउँछ । आफैले विघटन गरेको संसदलार्इ प्रभावकारी भएको हेर्न नचाहेका कारण सरकारले सदनलाई काम नदिएको विरोधी खेमाका सांसदहरूको आरोप छ ।
यस अवधिमा ८ पटक बसेका प्रतिनिधि सभाका बैठकमा जनताका जल्दाबल्दा समस्यामा विशेष प्रस्ताव र छलफल पनि गरिएन । सबै बैठक राजनीतिक मामिलामै आरोप प्रत्यारोपमा सीमित भएका छन् । उता सरकार भने सदन प्रभावकारी नहुनुमा संसदकै दोष देखाउँछ । संसदमा दर्ता भएका एमसीसीलगायत विभिन्न सन्धि सम्झौतालार्इ अगाडि नबढाइएको गुनासो सरकारी पक्षको छ । सदनको एजेण्डा सरकारले तयार नगरी सदनले नै गर्नु पर्ने सदन स्वयमले यसैको जवाफ दिनु पर्ने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमान ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार