ओलीको विकल्पमा देउवा ?
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १८:४६:३०
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सत्ता कति टिक्ने भन्ने विषय अब कति दिन टिक्ने भन्ने सन्दर्भले आज एउटा दिशा निर्धारण गर्नेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज अपरान्ह् बस्ने तीन दलको वैठकले ओलीको विकल्प खोज्ने वा यथास्थिति कायम रहने भनेर दिशानिर्देश गर्नेछ ।
गत फागुन ११ गते सर्वाेच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि कायम अन्योल चिर्न आजको त्रिदलीय बैठक कोशेढुँगा हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले दावी गरेका छन् । ओलीको विकल्प खोज्न नेकपा एमाले भित्रबाटै चर्काे दबाब रहेको बुझ्न सकिन्छ । यद्यपि यसबारे असन्तुष्ट नेताहरु खुलेर बोल्न भने सकिरहेका छैनन् । ओलीविरुद्ध अविश्वास प्रस्ताव आए फ्लोर क्रस गर्ने तहसम्मको तयारी रहेको एमालेका एक असन्तुष्ट नेताले जानकारी दिएका छन् ।
यसै परिवेशमा आज नेपाली कांग्रेसले अन्य विपक्षी दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुलाई डाकेका हुन् । ओली सरकारमाथि माओवादीको समर्थन कायमै रहेको भन्दै कांग्रेस र जसपाले असन्तुष्टि जनाएको छ । तर माओवादी भने ओली हट्ने वातावरण निश्चित नभएसम्म समर्थन फिर्ता गर्दा राजनीतिक कोर्ष अर्कैतिर जाने हो की भन्ने त्रासमा रहेको देखिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गएको साता मात्रै ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि उत्साहित भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि खुम्चिएका थिए । कांग्रेसले निर्णय गरेपनि सरकार गठन गर्न चासो नदेखाएकाले अन्तिम तयारी पूरा गरेर समेत समर्थन फिर्ता लिएको थिएन ।
उता, जसपा भित्र पनि नयाँ सरकार गठन गर्ने की ओलीलाई नै समर्थन गर्ने भन्नेमा अन्योल कायमै छ । त्यही भएर पनि कांग्रेसले चासो नदेखाएको आरोप सहमहामन्त्री डा. प्रकाशशरण महतको रहेको छ । जबसम्म जसपा प्रष्ट हुँदैन , तबसम्म नयाँ सरकार गठन गर्न सकिन्न भन्ने प्रष्ट भएकाले अब बल उसैको कोर्टमा रहेको देखिन्छ–डा. महतको भनाई छ ।
जसपामा भने कोसँग सत्ता सहकार्य गर्दा बढी लाभ हुन्छ भन्ने हिसाबकिताव भएको देखिन्छ । महन्थ ठाकुर र राजेन्द्र महतोको बुझाईमा ओलीसँग सहकार्य गर्दा धेरै फाइदा पुग्ने अवस्था छ । मन्त्रालय पनि धेरै वटा पाइने र तत्कालै आफ्ना माग पूरा समेत हुने अवस्था रहेकाले ओलीकै सरकारमा सहभागी हुँदा लाभ पुग्ने तर्क यो पक्षको रहेको छ ।
तर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको तर्क भने बेग्लै छ । प्रतिगमकारी भनेर दुत्कारेका ओलीकै पिछलग्गु हुँदा जनतामा नराम्रो छाप पर्ने र जालझेलको नयाँ श्रृखलामा आवद्ध हुनुपर्ने अवस्था आइलाग्ने भय रहेको छ । यस्तै परिवेशमा आज हुने छलफलले पनि निकासै देला भन्ने त लाग्दैन , तर एउटा प्रष्ट धारणा भने बनाउन सहयोग पुग्छ– जसपा नेता राजकिशोर यादवले भने ।
तर जसपाले आफ्नो फाइदा के विषयमा हुने भन्ने चाहिं तय गरिसकेको देखिन्छ । त्यसको छनक गएको साता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाकुरसँग भेट्दा पाइसकेका छन् । कांग्रेसले आफ्नाे नेतृत्वमा सरकार गठनको पहल गर्ने भनी गरेको निर्णयको ठाकुरले चर्काे आलोचना गरेका थिए । ठाकुर वा डा. भट्टराई अब सरकारको नेतृत्व आफै गर्न तयार रहेको दावी गरिरहेका छन् । आजको छलफलमा सम्भवतः यो विषयकोसमेत उठान हुनेछ । त्यस्तो अवस्था आउँदा कांग्रेसको धारणा नै महत्वपूर्ण मानिने छ ।
कांग्रेस आफूवाहेक नेतृत्वको गठबन्धन बनाउन चाहन्छ त ? यो प्रश्नको जवाफले नै नयाँ गठबन्धनको स्वरुप निर्धारण हुने देखिएको छ ।कदाचित कांग्रेसकै नेतृत्व स्वीकार्य भएपनि मन्त्रालय बाँडफाँडमा भने जसपाकै दाबी बढी रहने अवस्था छ । त्यसका लागि माओवादी केन्द्रको त्याग फेरि आवश्यक पर्न सक्छ । माओवादी निकट स्रोतका अनुसार, अहिले ओलीको विकल्पमा जस्तोसुकै सम्झौता गर्न प्रचण्ड तयार छन् । उनको एक मात्र उद्येश्य भनेको ओलीलाई सत्ताबाट घोक्रेठ्याक लगाउनु मात्र हो ।
त्यसैले थोरै मन्त्रालय लिएर भएपनि ओलीको विकल्प दिने अवस्थालाई माओवादीले सहजै स्वीकार्ने अवस्था रहेको देखिन्छ । साथै, उसले प्रतिनिधिसभाको बाँकी कार्यकाल भने पूरा गर्ने सर्त राख्ने बुझिएको छ । तर समस्या यहीं नेर देखिन्छ । कांग्रेस सभापति देउवा र जसपा नेताहरु आवश्यक परे अर्ली इलेक्सनमा जान तयार छन् । माओवादी भने तत्कालै चुनावमा होमिने अवस्थामा छैन ।
किनभने एमालेसँगको एकीकरण टुटेकाले धेरै ठाउँमा पहिरो गएको छ । त्यसलाई सही ठाउँमा ल्याउन कम्तिमा डेढ दुई वर्ष सत्तामा बस्नुु पर्ने वाध्यता उसका सामु रहेको छ । यस्तै धेरै झण्झट र गञ्जागोलमा सरकार चलाउँदा अलोकप्रिय हुने भय देउवाको देखिन्छ । त्यसैले देउवा सकेसम्म ओलीले गराउने चुनावबाटै बहुमतका साथ फेरि सत्तामा कम ब्याक गर्ने सोचमा रहेका छन् । यही कुराले पनि देउवाले सरकार बनाउन खासै रुचि देखाएका छैनन् । यो स्वार्थ बाझिएकाले नै समस्या गहिरिएको हो ।
.
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार