ओली अझै अल्पमतमाः नेपाल
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १८:४३:५२
२७ चैत, विराटनगर । नेकपा एमालेमा कारबाही भोगेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र अहिलेपनि केपी ओली अल्पमतमा रहेको दाबी गरेका छन् । समानान्तर पार्टी गठन गर्नेक्रममा आज बिहान विराटनगर आइपुगेका नेता नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने – विधान र विधि नमान्ने ओलीसँग अहिलेपनि कुनै कमिटीमा वहुमत छैन । भए प्रमाणित गर्न चुनौती दिन्छु ।
निरंकुश चरित्र भएका ओलीले आफूलगायत नैतिकवान नेता कार्यकर्तालाई कारबाही गर्न हैसियत नराख्ने पनि उनले प्रष्ट पारे । अरु उनले नेपालको विशिष्ठ चरित्रको कम्युनिष्ट आन्दोलन नै तहसनहस पार्ने काम गरेका छन् भन्दै नेता नेपालले कम्युनिष्ट पार्टी विभाजित गरेर सानो समूह र गुटमा रमाउने ओलीको चरित्र रहेको बताए ।
बल्ल तल्ल एकजुट बनाएको कम्युनिष्ट आन्दोलन नै क्षतविक्षत बनाउने ओली प्रवृत्तिले तत्काललाई घाटा भएपनि दीर्घकालीन रुपमा भने एकताको वातावरण तयार गर्ने छ – उनले भने । अब ओलीको कम्युनिट खोल च्यातिएको छ , जनताले ओलीलाई राम्ररी चिनेका छन् , त्यसैले सच्चा कम्युनिष्ट एकजुट हुने वातावरण तयार भएको उनले दावी गरे । ओलीले भनेजस्तो अहिलेको समस्याको निकास चुनावबाट नभई ओलीको विकल्पबाटै हासिल हुने उनको धारणा रहेको छ ।
ओली प्रवृत्तिको अन्त्य भएपछि सबै समस्याको हल निक्लने छ – नेता नेपालले भने । विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरु उनका सहयात्री वा साथी नभएको दाबी गर्दै नेता नेपाले उनीहरु ओलीका दास मात्र रहेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार