ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २०:०:७
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता कब्जा गर्ने होडबाजीमा रहेको खुलासा गर्दै भने उनको यो अभियानलाई निस्तेज पार्न नेपाली कांग्रेस अग्रमोर्चामा रहन दाबी गरे । त्यसैले अब ओलीलाई सत्तामा राख्न नहुने उनको ठहर प्रष्ट राखे ।
यसैका लागि आज हामी विपक्षी दलहरु छलफल गर्दैछौं, आशा गरौं सहमति जुट्ला , त्यस्तो स्थितिमा ओलीको विकल्प देशले खोज्ने छ– सभापति देउवाले भने । तर सहमति जुटेन भने देशको समस्या नयाँ जनादेशबाट खोज्नुपर्ने उनको तर्क छ । ढेड दुई वर्षपछि त चुनावमा जानै पर्छ, त्यस्तै अवस्था रह्यो भने अर्ली इलेक्सनमा गएर भएपनि देशलाई निकास दिन हामी तयार रहनुपर्छ– उनले भने ।
लोकतन्त्रमा चुनाव नै सर्वाेत्तम विकल्प भएको प्रष्ट पार्दै जनताले दिने आदेश बमोजिम चल्न नसक्ने राजनीतिक दलको हैसियत कम्युनिष्टको जस्तो हुने उनले बताए । गएको निर्वाचनमा कम्युनिष्टहरु मिलेकाले जनताले पत्याए, तर अब भने उनीहरुलाई जनताले राम्रो गरी चिनेका छन् भन्दै सभापति देउवाले अब आफूहरु मिलेर गएको अवस्थामा चुनावपछि देशको पहिलो शक्तिका रुपमा आउने दाबी गरे ।
कार्यक्रमलाई संवोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले प्रजातन्त्र नै संकटमा परेकाले चुनाव भन्दा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए । पहिला त प्रजातन्त्र बलियो बनाउनुप¥यो, ओली सत्तामा रहुञ्जेल लोकतन्त्र नै धरापमा पर्ने र उनले गराउने निर्वाचन धाँधलीमुक्त हुन नसक्ने भएकाले तत्कालै सत्ताबाट विस्थापित गर्नुपर्ने धारण उनले राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार