एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २०:४५:४०
२७ चैत,बलेवा । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको हो ।
गत वर्ष शुरुआत भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गरी ती आयोजना निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । साविक रेश गाउँविकास समितिको वडा नं ५, ६ र ७ को अधिकांश जमिनमा सिँचाइ पुग्ने गरी ३।५ किलोमिटर देउराली सिँचाइ आयोजना निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झण्डै २०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने स्थानीय अगुवा ओमबहादुर थापाले बताए । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउने गरी निर्माण भएको यो आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिने छ ।
साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्ने गरी रेशमा अर्को ठूलो आयोजना डोटासाङ खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिँचाइ आयोजना गत आर्थिक वर्षमा ४०० मिटर र चालु आर्थिक वर्षमा ६०० मिटर निर्माण गरिएको हो । चालिस हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिँचाइ पु¥याउन गण्डकी प्रदेश सरकारको रु ५४ लाख अनुदानमा आयोजना निर्माण भएको हो ।
काठेखोला गाउँपालिकाको रु ५० लाख अनुदानमा साङ्खोला सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठूलो फाँटका लागि बनाइएको यो आयोजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ हुनेछ । आठ सय मिटर लामो कुलो यसै आवमा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले बताए । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिँचाइ आयोजना र सिम्ले सिँचाइ आयोजना निर्माण गरेको छ । झण्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाको लागि वडा कार्यालयले रु सात लाख खर्चेको छ ।
“खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अब हट्ने छ”, स्थानीय युवराज गौतमले भने, “रेशमा यो वर्ष बनेका सिँचाइ आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।” पानीको प्रसस्तै स्रोत रहेको रेशमा सिँचाइ कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिँचाइ आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हराभरा हुने अध्यक्ष लामिछानेले बताए । “अब रेशको तल्ला फाँटमा तीनखेती हुन्छ, माथिल्लो भूभागमा तरकारी उत्पादन बढ्छ”, उनले भने, “हामीले लामो प्रयासपछि वडाका अधिकांश भागमा पुग्ने गरी सिँचाइ आयोजना बनाएका छौँ ।” वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पु¥याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार