देउवा र पौडेलबीच मञ्चमै घोचपेच
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २२:३९:२१
२७ चैत, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार एउटै मञ्चमा देखिए । नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को उद्घाटन सत्रमा देखिएका सभापति देउवा र नेता पौडेलबीच भाषणमा मात्रै होइन मञ्चमै घोचपेचसमेत चल्यो ।
मञ्चमासँगै बसेका सभापति देउवा र नेता पौडेलबीच भनाभन भएपछि उद्घोषकले त्यसलाई विवादका रूपमाभन्दा छलफलका रूपमा बुझिदिन भनेरै आग्रह गर्नुपर्यो ।
जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्यो : पौडेल
वरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताए । उनले अघि भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रको भर्याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ उनले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’
देउवाको जवाफ
त्यसपछि बोलेका सभापति देउवाले पौडेलको भनाइको खण्डन गरे । कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै उनले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो । तर जनताले हामीलाई भोट दिएनन्, तपाई ९रामचन्द्र पौडेल० पनि हार्नु भएको हो ।’
आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए । देउवाले अघि भने, ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’
अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि ‘सरकार गठनका लागि चाहिने’ संख्या नपुगेको उनले बताए । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’
तर गलत सम्झौता नगर्ने उनले बताए । सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार