प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई
नेपालबहस संवाददाता
चैत २७, २०७७ शनिबार १:३०:१४
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरे । प्रधानमन्त्री ओलीले स्लोभाकका प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गरे ।
सन्देशमा उनले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै जनस्तरको सम्बन्ध र सम्पर्कलाई सुदृढ तुल्याउने अभिलाषा प्रकट गरे । कोभिड–१९ को महामारीविरुद्धको स्लोभाक गणतन्त्रको लडाइँप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इभान कोर्कोक गणतन्त्र स्लोभाकको परराष्ट्र तथा युरोपेली मामिलामन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरे । उनलाई आजै पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले भूपरिवेष्टित एवं पर्वतीय देश नेपाल र गणतन्त्र स्लोभाकले साझा चासोका विषयमा द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन साझेदारी गर्नुपर्नेमा जोड दिए ।
आजै परराष्ट्रमन्त्री ज्ञवालीले ब्राजिलको विदेशमन्त्रीमा कार्लोस अलवेर्टो फ्राङ्को फ्राङ्का नियुक्त भएकाेमा बधाई ज्ञापन गरे। नवनियुक्त विदेशमन्त्रीलाई पठाएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले व्यापार, लगानी, कृषि प्रविधि तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धनको अवसर नेपालले खोजिरहेको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार