आईपीएलमा मुम्बईमाथि बैंगलोरको जित
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १२:१८:४९
२८ चैत, एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग ‘आईपीएल’ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ ।
शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो ।
बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन ।
त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए ।
वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए । मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई-दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।
लिनले ३५ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै ४९ रनको योगदान दिएका थिए । विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ रनको योगदान दिए । कप्तान रोहित शर्माले १९ रन जोडे । ओपनर शर्मा रन आउट भएका थिए ।
दोस्रो विकेटेको रुपमा सुर्यकुमार यादव पेभिलियन फर्किए । ३१ रनमा खेलेका उनी केली जेमसनको बलमा एवी डेवीलियर्सको हातबाट क्याच आउट हुन पुगे । सुर्यकुमाले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।
हार्दिक पाण्डेय १३ रनमा आउट हुँदा किरोन पोलार्ड र कुर्नाल पाण्डेय समान ७–७ रनमा आउट भए । मार्को जेनसन र राहुल चाहार शुन्य रनमा पेभिलियन फर्किए । जसप्रित बुम्राह १ रनमा अविजित रहे ।
बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा रन खर्चदै पाँच विकेट लिए। केली जेमसन र वासिङटन सुन्दरले एक एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लघंन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार