आज देशको पहाडी भू-भागमा आंशिक बदली रहने
नेपालबहस संवाददाता
चैत २८, २०७७ शनिबार १२:४६:५८
२८ चैत, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाको दैनिकी मौसमी बुलेटिन अनुसार शनिबार प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहने सम्भावना छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। यसैबीच, शुक्रबार साँझ हावाहुरीसहितको हल्का बर्षाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषणको मात्रा केही कम हुने अनुमान गरिएको छ ।
विगतमा भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक मात्रामा वायु प्रदूषण हुँदा भारत सरलारले जनस्वास्थ्य संकटकाल घोषणा गर्नुका साथै त्यसको असर न्यूनीकरणका लागि विविध कार्यक्रमहरू ल्याइएको थियो । तर अपसोच, अहिलेको अवस्थामा हाम्रो देशमा यसरी अत्यधिक वायु प्रदूषण हुँदा पनि सरकारले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि केही कदमसमेत उठाएको छैन । यसतर्फ सरकारको ध्यान गएको देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार