कांग्रेस नेता स्व. प्रेमनारायण प्रति डा. शेखरद्धारा श्रद्धाञ्जली व्यक्त
नेपालबहस संवाददाता
चैत २८, २०७७ आइतबार १:६:५९
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रेमनारायण बराल प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कोइराला नेपाली कांग्रेस पोखरा महानगरपालिकाका सचिव सरोज बरालका पिताको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाशुमन अर्पण गर्न बराल निवास पुगेका थिए । स्व. प्रेमनारायण बराल अत्यन्तै धार्मिक, आध्यात्मिक, समाजसेवी, सहनशिल र पार्टीप्रति निष्ठावान नेता मानिन्थे ।
बराल निवासमा भएको शोकसभामा बोल्दै डा. शेखरले नेपाली कांग्रेस कास्कीले एक अत्यन्तै ईमान्दार अभिभावक गुमाएको बताएका छन् । नेपाली कांग्रेसको गौरबशाली इतिहासमा कास्की कांग्रेसको अतुलनीय योगदानको स्मरण गर्दै यसमा स्व. प्रेमनारायणको समेत उत्तिकै त्याग र समर्पण जोडिएको बताएका छन् ।
शोकमा रहेका पोखरा महानगरपालिकाका पार्टी सचिव सरोज बराल सहित सम्पूर्ण बराल परिवार र आफन्तजनमा शोकलाई शक्तिमा परिणत गर्ने साहस उनै परमेश्वरले प्रदान गरुन भन्दै स्व. प्रेमनारायण बरालको आत्माको चिरशान्तीको कामना गर्दै कोइरालाले श्रद्धाशुमन अर्पण गरे ।
उक्त श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार, पूर्व आमन्त्रीत केन्द्रीय सदस्य शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी., नेपाली कांग्रेस खोटाङ्गका पूर्व जिल्ला सभापति सुुवाश पोखरेल लगायत पोखरा महानगरपालिकाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
देश दौडाहाको क्रममा रहेका भाबी सभापतिका दावेदार डा. शेखर अहिले पोखरा पुगेका छन् । कोइराला आज पोखरा पुगे लगतै पार्टीका बिभिन्न कार्यक्रमहरुमा सहभागी भएको सवकिय सचिव दिनेशचन्द्र थपलियाले नेपालबहश डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार