आज थप ३३७ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालबहस संवाददाता
चैत २८, २०७७ आइतबार ४:३१:५८
२८ चैत, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५१ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ८०० रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख नौ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार