राष्ट्रपतिले वैशाख १ मा ४५२ लाई विभूषित गर्ने
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १५:५८:१३
२९ चैत,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्दैछिन् । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।
उक्त समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने छन् ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो ।
यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार