दुईदिने दन्त शिविरबाट २०० लाभान्वित
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:१०:२५
२९ चैत, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक संघ काभ्र्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका २०० स्थानीय बान्सिदाले गाउँमा नै सेवा पाएका छन् । लायन्स क्लब अफ काठमाडौं कञ्चनजङ्घा र समाज डेण्टल अस्पलतालको प्राविधिक सहयोगमा शुक्रबारदेखि दुईदिन आयोजना गरिएको शिविर शनिबार सम्पन्न भएको हो ।
शनिबार ९० जनाले सेवा लिएको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालका अनुसार शिविरमा डा अङ्कित ज्ञवाली, डा विवश राई, डा रविना शाक्यसहितको आठ सदस्यीय मेडिकल टिमले सेवा दिएको थियो । पहिलो दिन शुक्रबार ११० जनाले सेवा लिएको उनले बताए । नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रममा गाउँमा रहेका बासिन्दाको सेवाका लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताए ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि शिविर आयोजना गरेर ठूलो सहयोग पुर्याएको बताए । समस्या भएका दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइएको शिविरमा सेवा लिनेहरुलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष दाहालले बताए । सो कार्यसँगै संघले आर्थिक सहयोग जुटाएर नेपाली कांग्रेस जिल्ला कार्यालयमा करिब रु १७ लाखको लागतमा महामान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार