विन्ध्यबासिनी म्युजिक अवार्ड यसवर्ष क-कसले पाए ?
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १६:४९:४
२९ चैत, काठमाडौं । विन्ध्यबासिनी म्युजिक प्रालि र विन्ध्यबासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यबासिनी म्युजिक अवार्ड यसवर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ । चमकदमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीमा आयोजित ११ औं संस्करणको विन्ध्यबासिनी म्युजिक अवार्डमा यसवर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यबासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।
गायक बैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराईएको थियो । गायक बैद्यलाई कार्यक्रम आयोजकका साथमा विन्ध्यबासिनी फाउन्डेशनका सल्लाहकारहरुले निवासमै पुगी सम्मान अर्पण गरेका थिए ।
त्यसैगरी लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपैयाँसहित संगीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित संगीत रत्न सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यबासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो ।
गीत संगीत र नृत्य प्रस्तुतिका साथ रोचक रुपमा सम्पन्न अवार्डमा अजर जंगम र पूर्णिमा तामाङ यस वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायक गायिकाको अवार्ड चुम्न सफल भएका छन् । ध्रुवप्रसाद अम्गाईकाे गीत सर्वोत्कृष्ट घोषित भएको कार्यक्रममा बिबि अनुरागीले संगीतकारको अवार्ड उचाले भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए । पप संगीततर्फ धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायिका र सिर्जना कार्कीको अवार्ड जित्न सफल भए ।
त्यसै गरी गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगल गायनमा बाजी मारे भने शिरीष देवकोटा र सरीता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए । त्यसैगरी दुर्गेश थापा र प्राची लामाका दम्पती पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए।
पूर्व नेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्फको नवप्रतिभा पुरस्कालाई आफ्नो बनाइन् । समारोहमा नायक नायिका पल शाह र अनु शाहले पपूलर अवार्ड चुमे भने दुबईका गैरे विवशलाई अन्तराष्ट्रिय संगीत सम्मान प्रदान गरियो । त्यसैगरी नरेश खाती पब्लीक च्वाईस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डे जूरी अवार्ड विजेता भए ।
समारोहमा लाईफटाइम अचिभमेन्ट विजेता गायक योगेश वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगश तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनका गायिका छोरीहरु शितल र सुवानी मोक्तानले कुन्तीका गीत गाएर सुनाएका थिए भने गायक एम बराल, रामचन्द्र काफ्ले र रमेशराज भट्टराईले आफ्नो गीत प्रस्तुत गरेर दर्शकलाई जोस्याएका थिए। त्यसै गरी एलिना रायमाझी, शंकर विसी र उनको समूह, दुर्गेश थापा र उनको समूह तथा काजिश श्रेष्ठ र उनको समूहले नृत्य प्रस्तुत गरेर माहौल तताएका थिए।
बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७ का बिजेताहरु
विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गायक योगेश वैद्य (नगद १ लाख)
विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका कुन्ती मोत्तान (नगद ५० हजार)
विन्ध्यवासिनी संगीत रत्न सम्मान : गायिका माण्डवी त्रिपाठी (नगद २५ हजार)
विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार अनन्त वाग्ले (नगद २५ हजार)
पपूलर अवार्ड : नायक नायिका पल शाह र अनु शाह
अन्तराष्ट्रिय संगीत सम्मान : सुरज गैरे विवश दुबई
पब्लीक च्वाईस अवार्ड : गायक नरेश खाती
जूरी अवार्ड गायक : रमेशराज भट्टराई र गीतकार बि. पाण्डे
सर्बोत्कृष्ट गीत
गित विजेता
माया हे माया ध्रुवप्रसाद अम्गाई
सुगम संगीत सर्बोत्कृष्ट गायक
गित विजेता
अस्तायौ किन तिमी अजर जंगम
सुगम संगीत सर्बोत्कृष्ट गायिका
गीत विजेता
मुटु जली खरानी भो पूर्णिमा तामाङ (लामा)
सुगम संगीत सर्बोत्कृष्ट संगीत
गीत विजेता
म एकदिन झरीमा बिबि. अनुरागी
सुगम संगीत सर्बोत्कृष्ट रचना
गीत विजेता
पत्थरको जस्तो मुटु मोहन कुमार खत्री
सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)
गीत विजेता
जिन्दगीको के छ र भर उदयराज पौडेल
सर्बोत्कृष्ट पप गायक
गीत विजेता
तिमी र म धन किरण गुरुङ
सर्बोत्कृष्ट पप गायिका
गीत विजेता
फक्रिन नसकेको फुल सिर्जना कार्की
सर्बोत्कृष्ट यूगल गायन
गीत विजेता
बन चौरी रामचन्द्र काफ्ले र जुनु रिजाल
सर्बोत्कृष्ट लोक दोहोरी गायक
गीत विजेता
बोलिदेउ आधार शिरीष देबकोटा
सर्बोत्कृष्ट लोकदोहोरी गायीका
गीत विजेता
निष्ठुरी रे सरिता कार्की
सर्बोत्कृष्ट लोकदोहोरी भाका
गीत विजेता
फुटेका चुरा प्रकाश सपुत
सर्बोत्कृष्ट लोकदोहोरी रचना
गीत विजेता
मन्जरी नवराज पन्त
सर्बोत्कृष्ट लोकदोहोरी गीत
गीत विजेता (निर्माता)
बनपालेको लौरी करण न्यौपाने
सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल
गीत विजेता
तिमी यति राम्री दुर्गेश थापा र प्राचि लामा
सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
गीत विजेता
देश नदूखोस तेजेन्द्र काफ्ले
सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक
गीत विजेता
लाईदिउ कि मोहनी काजिश श्रेष्ठ
सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक
गीत विजेता
डिजीटल फोटो देवेन्द्र पाण्डे
सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार
गीत विजेता
हिउँद लाग्यो बिनिता उप्रेति खनाल
सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार
गीत विजेता
बनमा तरुल राजेश घिमिरे
सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक
गीत विजेता
तिमी जुन बन्यौ बिनोद बम
सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा
गीत विजेता
माया मारेर समिक्षा अधिकारी
सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा
गीत विजेता
म हासे हास्छयौ र? देबेन्द्र बब्लू
सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल
गीत विजेता
किन अन्धो भइन म आशिरप्रताप जंग र सारिका केसी.
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार