खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १७:९:४८
२९ चैत, काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ ।
अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ ।
मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ । ‘फुडगन्ज’ ले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म ‘२० घण्टा’ राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्याउने गरेको छ ।
एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन् ।
उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्याइनेछ । ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।
छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।
गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’
‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् । उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।
आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार