सरकार पुर्णतः असफल भैसक्यो: नेता सिंह
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १७:५८:५६
२९ चैत, काठमाडौं । नेपाली काग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । असंवैधानिक कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनरस्थापना गरेपछि पनि संसदिय प्रक्रियालाई कमजोर पार्ने संसदिय ब्यवस्थाल नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको समेत बताए ।
प्रधानमन्त्रीलाई संसदमा उभियर आफ्नो प्रयास सकारात्मक थियो । संसद बिगठन जायज हो भनेर स्पस्टिकरण दिने चुनौती समेत दिए । विभिन्न बहाना बाजी गरेर संसद छल्न संसदको आवस्यकता नै छैन भन्दै हिडेको प्रति पनि कडा आपत्ती ब्यत्m गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई चुनौति समेत दिएका हुन् ।
नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताए। उनले भने, यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ ।नभए को बिकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरि रहेको छ ।
साथै नेता सिहले कम्युनिस्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनको भनाइ थियो । देशलाइ संकट पर्दा नेपाली कांग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अबस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेस को रहर नभै मुलुकलाई निकास दिन बाध्यात्मक परिस्थिति आएको बताए ।
सरकार पुर्णतः असफल भैसक्यो, भष्ट्राचारमा लिप्त छ । यस्तो सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन । उनले भने । साथै सन्त नेता किसुनजिको सपना र योजना मा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास शुरुआत भयको कुरा दुनियाँलाई थाहा छ भन्दै यो सरकारले किसुनजिलाई सम्मान गर्ने त कता हो कता ,ओलिले आफैले मेलम्ची काठमाडौं ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताए ।
अब नया सरकार गठन गरेर मुलुकलाई अहिलेको अबस्थाबाट निकास दिई निष्पक्ष चुनाब गराउने उनको भनाइ छ । साथै कांग्रेस पाटिको केन्द्रीय कार्यसमितिको निर्णय एउटा हुन्छ जिम्मेवार नेताहरु पाटि निर्णय भन्दा फरक आफुखुशी मनपरि कुरा गर्दै हिड्नु अचम्म को अवस्था रहेको भन्दै यसले जनताको नजरमा पाटिप्रति नकारात्मक प्रभाव परेको समेत बताए ।
पाटिको तोकिएको समयमा महाधिवेशन गराउन सबै लाग्नु पर्ने अवस्थामा अहिले पनि महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना बाजी नियुक्ति पत्र बितरणले विधि पद्धतिको उपहास भएको भन्दै ईतिहासको कुरा गरेर मात्रै पाटि बलियो नहुने भन्दै वास्तविक धरातलमा उभियर राजनीति गर्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार