आगलागी पीडितलाई गण्डकी प्रदेशको राहत
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १७:५७:४५
२९ चैत,पर्वत । पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रतिघर रु १० हजारका साथै अस्थायी बासस्थानका लागि पाल, त्रिपालसहितका सामग्री वितरण गरेका हुन् ।
मन्त्री लम्सालले गर्मी बढिरहेको तथा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका केही वनजङ्गलमा डढेलो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गरे । खडेरीको मौसममा वन डढेलो लागि बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पु¥याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।
शुक्रबार दिउँसो साढे २ बजे जङ्गलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा पाँच घर र १५ गोठ जलेर पूर्ण क्षति पुगेको थियो । स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमासमेत आगलागीले क्षति पु¥याएको छ । पन्ध्र गोठ जलेको र भैँसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको छ ।
यसअघि स्थानीय पैँयु गाउँपालिकाले जनही रु १० हजार, खाद्यान्न, लत्ताकपडा र त्रिपालसमेत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । आगलागीबाट पाँच घर पूर्ण विस्थापित हुनुका साथै अन्य पाँच घरमा आंशिक क्षति पुगेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार