कसरी पोलेका बिरामीको हेरचाह गर्ने ?
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १८:४१:१०
तपाई हामी सबैको मुखमा एउटै जिज्ञासा सधै हुने गर्छ पोलेका बिरामीको हेरचाह कसरी गर्ने र यसको प्राथमिक उपचार के होला ? यो समस्या जाहे महिला हुन्, चाहे केटाकेटी । जुनसुकै प्रकारको पोलाईमा सबैभन्दा पहिले बरफ चिसो पानी वा चिसो पानीमा डुबाएको कपडाले पोलेको ठाउँमा १५ मिनेटसम्म चिसो पानीमा डुबाएर राख्नुपर्छ ।
चिसो बनाइसकेपछि पोलाई कति छ त्यही अनुसार उपचार गर्नुपर्छ । पोलेको घाउलाई कसकेसम्म सफा राख्नुपर्छ । घाउलाई फोहोर, धुलोमा बस्ने झिँगा र अन्य किराहरुबाट जोगाउनुपर्छ । पोलेको घाउमा चिल्लो पदार्थ जनावरको छाला, कफी, जडिबुटी, माटो वा गोबर राख्नु हुँदैन । पोलेको व्यक्तिले पर्याप्त मात्रामा शरीर विकास गर्ने खाना ‘प्रोटिन’ खानुपर्छ । यस्तो अवस्थामा मुख बार्नु पर्दैन । सामान्यतया पोलाइ ३ किसिमका हुन्छन् ।
१ सामान्य पोलाइ
यस किसिमको पोलाइले छालामा फोका उठ्दैन । तर छाला गाढा वा रातो बनाउन सक्छ । चिसो बनाइसकेपछि यसलाई थप उपचारको आवश्यकता पर्दैन । दुखाइ कम गर्न एप्रिन वा पारासिटामोल प्रयोग गर्न सकिन्छ । यस क्रममा स्रक्रमण नहोस् भन्नको लागि पोलेको घाउ सफा गर्नुअघि आफ्नो हात राम्ररी धुनुपर्छ ।
२ छालामा फोका उठ्ने पोलाइ
छालामा पोलेर उठेको फोकालाई फुटाउनु हुँदैन । फोका फुटाएर वा संक्रमण निवारण गरिएको सुईले वा सिरिन्जले पनि त्यसभित्रको तरल पदार्थलाई निकाल्नु हुँदैन । फोका आफैँ फुटेमा संक्रमण निवारण गरिएको कैची प्रयोग गरी मरेको छाला हटाउनुपर्छ ।
निर्मलीकरण गरिएको गज, कपास वा संक्रमण निवारण गरिएको कपडामा हल्का साबुन लगाइ घाउ सफा गर्नुपर्छ । सफा गर्न हाइड्रोजन पेरोक्साइड पनि प्रयोग गर्न सकिन्छ । यदि घाउमाथिबाट कपडा हटाउने प्रयास गर्दा कपडा टाँसिन्छ भने उमालेर चिस्याएको पानीले त्यसलाई भिजाउनुपर्छ । अनिमात्र हल्का कपडासँग कपडा हटाउनुपर्छ । यस अवस्थामा पेन्सिलिन वा एम्पिसिलिन जस्ता एन्टिबायोटिक दिनको ४ पटकका दरले ७ दिनसम्म दिनुपर्छ । तर ५ दिनपछि पनि संक्रमण नहटेमा त्यसको साटो इरिथोमाइसिन दिनको ४ पटकका दरले ७ देखि १० दिनसम्मे दिनपर्छ ।
३. गहिरो पोलाइ
यस्तो प्रकारको पोलाइले छाला नै नष्ट गर्न सक्छ र मासु पनि डढाउँछ । यसप्रकारको पोलाइ जहिले पनि गम्भीर प्रकृतिको हुन्छ । यसरी पोलिएका व्यक्तिलाई तुरुन्तै उपचारको लागि लैजानुपर्छ । उपचारको लागि अन्यत्र लैजाँदा घाउलाई किटाणुरहित गरी भिजाइएको कपडा वा रुमालले छोप्नुपर्छ ।
कपडा भिजाउन प्रयोग गरिएको पानी उमालेर चिस्याइएको हुनुपर्छ । बिरामीलाई प्रशस्त तरल झोल पदार्थ दिनुपर्छ । औषधि उपचारकौ सम्भावना नभएमा दोस्रो डिग्रीको पोलाइलाई जस्तै हेरविचार र उपचार गर्नुपर्छ । घाउलाई फोहोर धुलो झिँगा र अन्य किराहरूबाट जोगाउन निर्मलीकरण गरिएको गज, कपास वा तन्नाले छोप्नु पर्छ । यस्तो कपडा दिनमा ४ पटक वा घाउ सुख्खा भएमा दिनका २ पटक फेर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार